किराँत याक्थुङ चुम्लुङ महानगर समितिको अध्यक्षमा पुनः टिकाप्रसाद लिम्बु

<span class='c1'>किराँत याक्थुङ चुम्लुङ महानगर समितिको</span> <span class='c2'>अध्यक्षमा पुनः टिकाप्रसाद लिम्बु</span>

विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । विराटनगरमा शनिबार चुम्लुङको सातौ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा शरण कुमार याक्सो र दुर्गाप्रसाद ( नरेश ) तुम्रोक चयन भएका छन् । सचिवमा लक्ष्मी मेन्याङ्बो, सह सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् ।


यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन तथा सह कोषाध्यक्षमा धर्मादेबि सेवाङ्ग रहेका छन् । सदस्यहरूमा करण वोखिम, शुशिला थलङ , तीर्थ लिम्बु , डम्बर होक्पाचोङवाङ, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाहाम्फे, मङ्गलसिंह चेम्जोङ, तुलमाया सम्बाहम्फे , भली सुब्बा, मनकुमारी थक्लुङ , धर्मा होक्पाजोवाङ र विकास इजम लगायतलाई अधिवेशनले सर्वसम्मवतबाट चयन भएका हुन् ।
सातौ अधिवेशनको विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साह तथा चुम्लुङका पूर्व अध्यक्ष मनोज सुब्बा लगायतले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेससिंह गनगाइ लगायत विभिन्न जातिय संघठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


अधिवेशनले किरात याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्