विराटनगर । अगामी फागुन २१ गते गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट निर्वाचन प्रहरीको तालिम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विहान कार्यालय अगाडी रहेको खाली मैदानमा निर्वाचन प्रहरी अनुशिक्षण तालिम समृद्धघाटन गरी १४ वटै स्थानमा तालिम सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका कार्यबहाक प्रहरी प्रवक्ता एवम डिएसपी लिलाराज लामिछानेका अनुसार मोरङका शरिरिक तन्दुरुस्त , लिखित र मौखिकपछि छनौट भएका निर्वाचन प्रहरीलाई १४ वटा स्थानमा पठाइएको छ ।

प्रतिनिधीसभा निर्वाचनको लागि जनपथ प्रहरी तर्फ मोरङमा ४ हजार ३ सय ८३ जना तय गरिएको छ । जसमा ३ हजार १ सय २६ जना पुरुष र १ हजार २ सय ५७ जना महिला रहेका छन् । उता सशस्त्र प्रहरी तर्फ भने ५ सय ७१ जना निर्वाचन प्रहरी छुटार्ईएको छ । तालिम आगामी माघ २७ गते सम्म जारी भई मतदान केन्द्रमा पठाईने भएको छ ।