निर्वाचन क्षेत्र मोरङ ४ : मतदाताका आ–आफ्नै विचार, सबैको साझा विकास

<span class='c1'>निर्वाचन क्षेत्र मोरङ ४ : मतदाताका</span> <span class='c2'>आ–आफ्नै विचार, सबैको साझा विकास</span>

सोनु साह
मोरङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकीसँगै मोरङ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ । क्षेत्रका मतदाताबीच अहिले परम्परागत, पुराना र नयाँ भनिएका दलमध्ये कसलाई रोज्ने भन्ने विषय बहसको रुपमा प्रवेश गरेको छ । मतदाताले आफ्नो धारणा राख्दा समेत नयाँ र पुृरानोप्रतिको भरोसलाई मिश्रित रुपमा राख्ने गरेका छन् ।

मतदाता बैजनाथ विश्वासले जनतासँग नजिक भएर काम गर्ने, विकासका नयाँ सम्भावना खोल्ने र स्वास्थ्य तथा शिक्षामा पहुँच भएका उम्मेदवार अहिलेको आवश्यकता रहेको बताए। पुरानो–नयाँभन्दा पनि क्षेत्र र देशका मुद्दा उठान गर्न सक्ने उम्मेदवारको सम्भावना बलियो रहेको उनको भनाइ छ। यसैगरी मोहन सरदारले यसपालि पुराना पार्टी र उम्मेदवारलाई खासै महत्व नदिइएको बताएका छन् । स्थानीयले नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखेको बताउँदै उनले यसपालि राजनीतिमा ठूलो परिवर्तन हुने विश्वास व्यक्त गरे।

ग्रामथानका नागेश्वर माझीले भने पुरानै उम्मेदवार दोहोरिन सक्ने सम्भावना रहेको बताए। उनका अनुसार विगतमा बाटो, पुल निर्माण जस्ता काम र आवश्यक समयमा जनतामाझ उपस्थित हुने भएकाले पुराना उम्मेदवारप्रति अझै भरोसा नसकिएको दावी गरेका छन् । नयाँ उम्मेदवार सक्षम भए पनि स्थानीयसँग पर्याप्त घुलमिल हुन नसक्दा उनीहरूलाई कठिनाइ भएको उनको भनाइ छ। समानुपातिकतर्फ भने नयाँ पार्टीले बढी मत पाउने सम्भावना रहेको उनको बुझाई छ ।

बोहरी दास सरदारले भने कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (माओवादी) जस्ता पुराना दलबाट पटक–पटक ठगिएको अनुभूति भएको बताए। “हामी परिवर्तनतर्फ छौँ,” उनले भने–क्षेत्रको ठोस विकास हुनपर्छ । स्थानीय अमिसा कुमारी माझीले चुनावको बेला मात्र नेताहरू सक्रिय हुने र जितेपछि जनतालाई नहेर्ने गुनासो गरिन्। खानेपानी क्षेत्र नं ४ को मुख्य समस्या भए पनि हालसम्म समाधान नहुनु दुःखद रहेको उनको भनाइ छ। खेतीपातीको समयमा नालाको समस्या, घरमा पानी पस्ने अवस्था, शिक्षा र स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाले जनताको जीवन कष्टकर बनेको उनले बताइन्।

स्थानीय शिक्षिका अञ्जु खवासले यसपालि युवा उम्मेदवारलाई मौका दिनुपर्ने धारणा राखिन्। “बुढापाखाले धेरै शासन गरिसके, अब नयाँ सोच र ऊर्जा भएका युवालाई अवसर दिनुपर्छ,” उनले भनिन्।
यस क्षेत्रबाट नेपाली कम्यूनिष्ट पार्टीका अमनलाल मोदी यसअघि दुई पटक निर्वाचित भइसकेका छन् । यो पटक समेत उनी उम्मेदवार रहेका छन् । यसैगरी नेकपा एमालेबाट जीवन घिमिरे, नेपाली काँग्रेसबाट गुरुराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष राजबंशी उम्मेदवार रहेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य नयाँ दलहरुको समेत उम्मेदवारी रहेको छ । निर्वाचनको मिति २०८२ फागुन २१ नजिकँदै गएकोले यस क्षेत्रबाट निर्वाचित गराउनुपर्ने जनप्रतिनिधि नागरिकले दिने मतका आधारमा चुनिने छन् । त्यसको प्रतिक्षा गर्दैगर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्