निर्वाचनको बढ्दो उत्साह, शैक्षिक क्यालेन्डर बदलिँदा ओझेलमा विद्यार्थीको चिन्ता

<span class='c1'>निर्वाचनको बढ्दो उत्साह, शैक्षिक क्यालेन्डर</span> <span class='c2'>बदलिँदा ओझेलमा विद्यार्थीको चिन्ता</span>

स्वस्तिका भट्टराई
विराटनगर । अघिल्ला झैँ यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि मतदान स्थल विद्यालयमा छन् । विद्यार्थीको बार्षिक परीक्षा नजिकदै गर्दा चर्किएको चुनावको माहोलले विद्यालयको पठनपाठनमा बाधा पारिसकेको छ । राजनीतिका कुरा चौकका चिया पसलदेखि घरका भान्सासम्म छिरिसकेको छ । विद्यार्थीको मनोविज्ञानमा प्रत्यक्ष र अप्रत्क्ष रुपमा प्रभाव पार्ने कुरा बढ्दै गएको छ । त्यसले उनीहरुको पढाईमा कस्तो प्रभाव पर्छ भन्ने कुरा बिद्यार्थी स्वयंमा निहीत रहने भएपनि मनोविज्ञानसँग त जोडिएको हुन्छ ।

त्यस बाहेक वार्षिक शैक्षिक क्यालेन्डर समेत प्रभावित बनेको छ । प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवाल भन्छन ‘बर्षभरिको शैक्षिक क्यालेन्डर बैशाखमा नै बनिसकेको हुन्छ । तर, अचानक जेनजी आन्दोलन र फागुन २१ निर्वाचन हुने भएपछी शैक्षिक क्यालेन्डर परिवर्तन गर्नुपरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत सरिसकेको छ । गत वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो । विद्यालयहरुले त्यहि अनुसार विद्यार्थीलाई तयारीमा लैजादै थिए । यस वर्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई देखाएरु १२ दिन पर सारिएको छ । एसईई चैत १९ देखि २९ सम्म देशभर एकैसाथ सञ्चालन गर्ने यस अगाडी कार्यतालिका सार्वजानिक गरिसकेको छ ।

अध्यक्ष सुवालका अनुसार विश्वको तुलनामा नेपालमा धेरै दिन बिद्यालय बिदा हुने गरेको छ । त्यसमाथि पनि निर्वाचनको बिदा थपिदा, विद्यार्थीको मनोविज्ञान मा असर त पर्छ। तर, पढाईमा बाधा पुग्ने या नपुग्ने भन्ने कुरा चाही विद्यार्थीमा निर्भर रहने कुरा रहेको उनी बताउँछन् । जबसम्म बिद्यार्थीहरु र्याली तथा चुनावी प्रचार प्रसारमा सहभागी हुदैनन् । तबसम्म विद्यार्थीको पढाईमा खासै असर नपर्ने उनको बुझाई छ ।

विराटनगर महानगरपालिकाका शैक्षिक प्रसाशन अधिकृत कृष्ण भट्टराईका अनुसार अहिले हरेक सामुदायिक बिद्यालयमा मतदान स्थल वा केन्द्र तोकिएको छ । यसले बिद्यालय विदा हुन्छ । यसवर्ष पनि निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजानिक विदा दिने निर्णय गरिएको छ । तर, निर्वाचनबाट देशको समग्र क्षेत्रलाई अगाडी बढाउने कार्यदेश प्राप्त हुने भएकोले यसलाई सफल बनाउनु सबैको दायित्व हुने भट्टराई बताउँछन् । विद्यालयदेखि घरसम्म विद्यार्थीको पढाईमा उतिकै चासो दिनुपर्ने अभिभावक गंगा दुलाल बताउँछिन् । उनी घरको वातावरणलाई राजनीतिक वातावरणले खिच्नबाट रोक्न अभिभावक नै सचेत हुनुपर्ने भनाई राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्