विराटनगर माघ २० ,
विराटनगरको महाबिर चोकस्थित तिरुपति अटो प्यालेसमा यामाहाको मेगा एक्सचेन्ज अफर माघ १८ देखि २३ गतेसम्म चलिरहेको छ।
यस अफरअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटी साटेर नयाँ यामाहा बाइक वा स्कुटर लिन सकिने सुविधा छ। ग्राहकले ७ हजार रुपैयाँसम्म क्यास छुट, ८ हजार रुपैयाँसम्म अन्य छुट साथै निशुल्क हेल्मेट पाउनेछन्।
मेलामा यामाहाका विभिन्न मोडलहरूको अवलोकन, टेस्ट र एक्सचेन्ज सुविधा उपलब्ध छ।
सीमित अवधिको अफरले विराटनगर र आसपासका ग्राहकलाई आकर्षित गर्ने अनुमान गरिएको छ।