डनबस्को स्कुलका खेलाडीलाई पुरस्कार तथा सम्मान

<span class='c1'>डनबस्को स्कुलका खेलाडीलाई</span> <span class='c2'>पुरस्कार तथा सम्मान</span>

विराटनगर । प्रथम मेयरकप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा उपविजेता बनेको डन बस्को स्कुलले आफ्ना विद्यार्थी खेलाडीहरूलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा विद्यार्थी खेलाडीहरूलाई ट्रयाकसुट वितरण गरिएको थियो।

सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत रहेका थिए । विशिष्ट अतिथिहरूमा वसन्त अर्याल, सन्तोष बानियाँ, नगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठ, बिनेस बस्नेत, सेन्ट जोसेफ स्कुलका प्रिन्सिपल एडल्फ थापा, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, आयरल्याण्डका विदेशी अतिथि इभ्लिन, ग्रिनल्यान्ड कलेजका चेयरम्यान रविन्द्र घिमिरे तथा प्रिन्सिपल दिनेश दाहालको उपस्थिति रहेको थियो।

कार्यक्रममा ग्रिनल्यान्ड कलेजले डन बस्को स्कुलका विद्यार्थीहरूलाई बधाईसहित जर्सी सौजन्य गरेको छ। साथै विद्यालयमा आयोजना गरिएको स्पोर्ट्स मिट २०८२ अन्तर्गत प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा नगदसहित सम्मान गरिएको थियो।

त्यसैगरी पोखरिया युथ केयर एकेडेमीको आयोजनामा सम्पन्न चित्रकला तथा सडक दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि विद्यालयले सम्मान गरेको छ। उक्त प्रतियोगितामा डनबस्को स्कुलका विद्यार्थीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका थिए।

डन बस्को स्कुलले हरेक वर्ष विराटनगर तथा मोरङमा आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। कार्यक्रमको अन्त्यमा विद्यालयका प्रिन्सिपल अमृत राजलगायतले उपस्थित अतिथि, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्