ओमोडा एन्ड जेइको ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सचेन्ज क्याम्प घोषणा

<span class='c1'>ओमोडा एन्ड जेइको ‘एक्सचेन्ज टु</span> <span class='c2'>अपग्रेड’ एक्सचेन्ज क्याम्प घोषणा</span>

नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘एक्सचेन्ज टु अपग्रेड’ विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार उक्त क्याम्प आगामी फागुन २३ देखि २६ गतेसम्म देशभर सञ्चालन हुनेछ ।

चार दिनसम्म सञ्चालन हुने यस विशेष क्याम्पमार्फत सवारीसाधनप्रेमी तथा हालका सवारीधनीहरूले आफ्ना पुराना गाडी साटेर ओमोडा एन्ड जेइकोको अत्याधुनिक मोडलहरूमा अपग्रेड गर्ने अवसर पाउनेछन् ।

क्याम्प अवधिमा ओमोडा एन्ड जेइकोको जुनसुकै मोडल बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा तथा प्रत्येक बुकिङमा मोबाइल फोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ओमोडा एन्ड जेइकोले एक जोडी भाग्यशाली ग्राहकका लागि चीन भ्रमणको विशेष बम्पर अफरसमेत घोषणा गरेको छ । क्याम्प अवधिमा सहभागीमध्येबाट छनोट हुने उक्त जोडीले चीनको विशेष यात्रा गर्ने अवसर पाउनेछन् ।

हाल नेपाली बजारमा ओमोडा एन्ड जेइको तीन मोडल उपलब्ध छन् । ओमोडा ई फाइभको मूल्य ५४ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ भने जेइको जे फाइभ ५६ लाख ९९ हजार रुपैयाँ र जेइको जे सिक्स ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् । कम्पनीका अनुसार यी सवारीसाधन उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली ड्राइभिङ दूरी, उच्च सुरक्षा विशेषता र समग्र प्रदर्शनका हिसाबले आफ्नो सेग्मेन्टमा अग्रणी मानिन्छन् ।

क्याम्प अवधिमा ग्राहकहरूले ओमोडा एन्ड जेइकोका विद्युतीय तथा एसयुभी मोडलहरू नजिकबाट अवलोकन गर्न, टेस्ट ड्राइभ गर्न र विशेष अफरको लाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्