मोरङ बुढिगंगाको जेभियर्स स्कुलको ११ औं बार्षिक उत्सव तथा अभिभाक दिवसको अवसरमा विविध कार्यक्रम

<span class='c1'>मोरङ बुढिगंगाको जेभियर्स स्कुलको ११  औं बार्षिक</span> <span class='c2'>उत्सव तथा अभिभाक दिवसको  अवसरमा विविध कार्यक्रम</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको जेभियर्स इङ्लिस स्कुलले ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरिय परीक्षा, एसईई र हिसानको बार्षिक परीक्षामा पालिका भित्रमा उत्कृष्ट नतिजा दिन सफल विद्यार्थीलाई सम्मानित गरेको छ ।कक्षा ८ को पालिका स्तरिय परीक्षामा छात्र तर्फ अंकित कार्की क्षेत्री, छात्रा तर्फ रितु मगर, एसईईमा छात्र तर्फ विजय पौडेल र छात्रा तर्फ अञ्जली दास, हिसान परीक्षामा छात्रा तर्फ ललिता राजवंशी र छात्र तर्फ रोहन दाहाल उत्कृष्ट भएका थिए ।

उत्कृष्ट विद्यार्थीहरुलाई बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विद्यालयका प्रिन्सिपल परेश पोखरेल, प्याब्सन मोरङका अध्यक्ष जगत वस्नेत लगायतले सम्मानित गरेका थिए । सोही अवसरमा दोश्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति खेलकुद प्रतियोगिता २०८१ म कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पाङ्गदेनलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गाउँपालिका भित्रको शिक्षामा सुधार भएको बताए । उनले शिक्षामा स्वस्थ प्रतिष्पर्धा आवस्यक रहेको बताए। विद्यालय र अभिभावकवीच राम्रो समन्वय हुन सके शिक्षामा धेरै सुधार हुने उनको भनाई छ । प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जेभियर्स स्कुलले सीपयुक्त शिक्षा दिएको बताए । अध्ययनसँगै विद्यार्थीमा सीप पनि आवस्यक रहेको उनले बताए। विद्यालय प्रगतिपथमा रहेको उनले बताए ।

स्कुलका प्रिन्सिपल परेश पोखरेलले कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने बताए । उनले बुढीगंगा भित्र जेभियर्सले उत्कृष्ट शिक्षा दिईरहेको दावी गरे। स्कुलका हरेक विद्यार्थी हरेक विधामा उत्कृष्ट रहेको बताए । शिक्षासँगै सीप पनि विद्यालयले दिईरहेको उनले बताए।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न विधामा प्रस्तुती दिएका थिए । जेभियर्स स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ९ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्