मुम्बईको वानखेडे स्टेडियममा एकता प्रस्तुत गर्न नेपाली क्रिकेट टोलिलाई प्रधानमन्त्रीको शुभकामना

<span class='c1'>मुम्बईको वानखेडे स्टेडियममा एकता प्रस्तुत गर्न</span> <span class='c2'>नेपाली क्रिकेट टोलिलाई प्रधानमन्त्रीको शुभकामना</span>

विराटनगर । तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीप्रति हौसला दिन नेपालमा प्रधानमन्त्रीदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसम्म सक्रिय भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलिलाई शुभकामना दिदैं खुशी व्यक्त गरेकी छिन् ।

‘मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ र त्यो विश्वले सुन्नेछ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ(नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति ।’

तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार तथा सफलताको आड रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन् । ‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः, अनि धेरै माया पनि,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन् ।

विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल मुम्बईको वानखेडे क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजेबाट इंग्ल्यान्डसँग खेल्नेछ । यसैगरी नेपाली क्रिकेट टोलिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिसमा सदस्यको उम्मेदवार बनेका उम्मेदवार तथा राजनीतिक दलका नेताहरुले समेत शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्