विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरका विद्यार्थी रोहन अग्रवालले झापा, सुनसरी र मोरङका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूबीच आयोजित इन्टर–कलेज एकेडेमिक क्विज प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन्।
गुरुकुल सिए मेघा क्विज एन्ड स्टुडेन्ट कनक्लेभ २०२६ द्वारा विराटनगरको स्वागतम् होटल, रोडशेष चोकमा आयोजित हाजिरीजवाफ छनोट प्रतियोगितामा रोहनले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएका हुन्।
प्रतियोगितामा २० भन्दा बढी विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कक्षा १२ का विद्यार्थीलाई लक्षित उक्त प्रतियोगितामा विज्ञान, प्रविधि तथा व्यवस्थापन विषयसँग सम्बन्धित प्रश्नहरू सोधिएका थिए।
दोस्रो स्थान हासिल गरेसँगै रोहन अग्रवालले नगद पुरस्कार रु= १५,००० तथा आकर्षक ट्रफी प्राप्त गरेका छन्।
विद्यालयका अनुसार प्रतियोगिताको पाठ्यक्रम नियमित शैक्षिक पाठ्यक्रमभन्दा फरक भए पनि शिक्षक कुबेर छेत्रीको निरन्तर मार्गदर्शन, सहयोग तथा विद्यार्थीको समर्पण र टिमवर्कका कारण यो उल्लेखनीय सफलता हासिल भएको हो।
यस उपलब्धिले डीपीएस विराटनगरको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई थप उजागर गरेको विद्यालयले जनाएको छ।