विराटनगरमा सुरक्षित यात्राका लागि सिटी सफारी चालकलाई ‘नम्बर कोड’

<span class='c1'>विराटनगरमा सुरक्षित यात्राका लागि सिटी</span> <span class='c2'>सफारी चालकलाई ‘नम्बर कोड’</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट सिटी सफारी र यसका चालकको डिजिटल पहिचान खुल्ने पोशाक वितरण सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको योजना अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सुरक्षित चालक अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत पहिलो चरणको अनुशिक्षण पुरा गर्ने पाँचसय चालकलाई पहिचान खुल्ने पोशाक सोमबार वितरण गरिएको छ । दैनिक तीन हजार सिटी सफारी विराटनगरका सडकमा कुदाउने गरी स्वीकृत लिएको तथ्यांक छ । तर, सडकमा दैनिक त्यो भन्दा धेरै सिटी सफारी गुड्ने गरेको भन्दै त्यसको नियमन र नियन्त्रणका लागि सुरक्षित चालक अभियान थालिएको हो ।

सफारी सञ्चालनलाई कानुनी, व्यवस्थित र यात्रुमैत्री बनाउने लक्ष्य राखिएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) बिनोद घिमिरेले बताउनुभयो । डिआइजी घिमिरेले सवारी दुर्घटना न्यूनीकरणका लागि यो अभियान कोशी प्रदेशभर प्रभावकारी रूपमा सञ्चालन गरिने दावी गर्नुभयो । मोरङबाट नमूनाको रुपमा यसलाई सुरुवात गरिएको उहाँले घोषणा गर्नुभयो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दिपक गिरीले प्रदेश राजधानीबाट सुरु भएको कार्यक्रमलाई सहरी क्षेत्रहरुमा क्रमशः फैलाउँदै लैजाने प्रतिवद्धता जनाउनु भएको छ ।

अभियानअन्तर्गत सफारी चालकको विवरण ट्राफिक प्रहरीले डिजिटल रुपमा राख्नेछ । कम्प्यूटर प्रणालीमा विवरण भरिसकेपछि चालकको नम्बर कोड गरिनेछ । नम्बर कोडका आधारमा ज्याकेट उपलब्ध गराइनेछ । जुन ज्याकेटमा सुरक्षित चालक लेखिएको हुन्छ, यात्रा गर्नेहरुले पनि त्यसलाई नै प्रयोग गर्दा राम्रो हुने सन्देश दिइनेछ ।

सिटी सफारी चालकले नम्बर कोड उल्लेख गरेको ज्याकेट लगाउँदा यात्रुलाई समेत कति नम्बरको सिटी चालक हो भन्ने यकिन हुने र ट्राफिकलाई पनि कुनैपनि समयमा त्यसको विवरण हेर्न पाउने सहज हुनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपानेले सवारी सञ्चालनमा इमानदारीता बढाउन पनि सिटी सफारीका लागि यो नियम लागु गरिएको जानकारी दिनुभयो ।

त्यति मात्रै नभई यात्रुले सिटीको नम्बर भन्दा पनि चालकको नम्बर थाहा पाउन समेत सहज हुनेछ । कुनै सामान छुट्यो, कुनै अपराधका घटना हुँदा समेत नम्बर कोड याद गरेर खबर गर्दा नियमन र तथा नियन्त्रणमा लिन सहज हुने बुझाई रहेको छ । ट्राफिक प्रमुख न्यौपानेका अनुसार अहिले ज्याकेट लिनु अगाडी ट्राफिक नियम र सुरक्षा अनुशिक्षण तालिम चालकले अनिवार्य लिनुपर्ने हुन्छ ।

भारतीय सीमा नजिक रहेको विराटनगरमा पहिचान नखुलेका चालकको हातमा सिटी सफारी हुँदा त्यसले सुरक्षा चिन्ता थप्दै गएको छ । लागुऔषध ओसारपसार, अवैध कारोबारमा संलग्न जस्ता गतिविधि बढ्दै जाँदा प्रहरीले सिटी र चालकको शिघ्र पहिचानका लागि सुरक्षित चालक अभियान सञ्चालनमा ल्याएको हो । ट्राफिकको यो अभियानले सफारी चालकको पेसालाई मर्यादित बनाउन सहयोग पुगेको चालक भगवान बस्नेतले बताउनुभयो । चालक बस्नेतले सडक सुशासन पालना गर्ने र गराउने अभियानमा आफूहरु सधैं सहयोगी बन्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्