विराटनगर। नेकपा एमालेका नेता तथा सामाजिक राजनीतिक व्यक्तित्व बिनोद ढकाललाई पितृ शोक परेको छ ।
प्रतिनिधिसभा सदस्य मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार समेत रहेका ढकालका १०१ वर्षीय बुबा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो।
स्वर्गीय ढकालको अन्तिम संस्कार आजै दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।