विराटनगरमा सुरुभयो कोशी प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)

<span class='c1'>विराटनगरमा सुरुभयो कोशी प्रादेशिक</span> <span class='c2'>ललितकला प्रदर्शनी (फोटो फिचर)</span>

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा विराटनगरको मारवाडी सेवा सदनमा आजबाट कोशी प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।


५ दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला तथा अन्य सिर्जनात्मक विधाका दुई सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको छ ।


आयोजक समितिका संयोजक प्राज्ञ संजय वान्तवाका अनुसार, प्रदर्शनीमा कोशी प्रदेशका १६४ जना कलाकारका सिर्जनाहरूलाई प्रदर्शनीमा राखिएको छ । साथै कला र साहित्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने कविता वाचन, सिर्जनात्मक प्रस्तुति तथा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिने भएको छ । गत वर्ष इटहरी म्याट्रिक्स र बेलबारी नगरपालिकास्थित तुम बुद्धिष्ट गुम्बामा सम्पन्न कोशी प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ सफल भएकाले यस वर्ष विराटनगरलाई केन्द्र बनाइएको आयोजकले जनाएको छ ।


कार्यक्रम तालिकाअनुसार आज पहिलो दिन उदघाटन भयो भने, दोस्रो दिन चित्रकला कार्यशाला, तेस्रो दिन चित्रमाथि लेखिएका कविता वाचन, चौथो दिन विद्यालय तथा कलेजका विद्यार्थीका लागि अवलोकन भ्रमण र पाँचौं दिन समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्