मोरङ–४ का एमाले उम्मेदवार घिमिरेको प्रतिवद्धता : विराटनगरमा आइटी हव–ग्रामिण भेगमा तरकारी हव

<span class='c1'>मोरङ–४ का एमाले उम्मेदवार घिमिरेको प्रतिवद्धता :</span> <span class='c2'>विराटनगरमा आइटी हव–ग्रामिण भेगमा तरकारी हव</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार भएकाहरुले आफ्नो निर्वाचन प्रतिवद्धता सार्वजानिक गर्न थालेका छन् । निर्वाचनमा मतदातालाई आश्वस्त पार्ने किसिमका प्रतिवद्धता सार्वजानिक गरेर घरदैलोमा मतदातालाई आश्वस्त पार्ने योजना उम्मेदवारले अगाडी सारेका हुन् ।

मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार जीवन घिमिरेले पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले आफू प्रदेश सांसद र मन्त्री रहँदा गरेका कामको फेहरिस्त र आगामी ३३ बुँदे योजना प्रस्तुत गरेका हुन् ।

घिमिरेले आफ्नो कार्यकालमा नेपालकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना, विद्यालय नर्सिङ कार्यक्रमको सुरुवात र १५ दिनभित्र अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हजारौँको ज्यान जोगाएको जस्ता उपलब्धिलाई प्रमुख रूपमा अघि सारेका छन् । विराटनगरको सहिद रंगशालामा रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान, कोशी प्रदेशमा ‘एक पालिका एक खेल मैदान’ र घरेलु हिंसा नियन्त्रण ऐन निर्माणलाई आफ्नो कार्यकालका सफल कार्यका रूपमा प्रस्तुत गरे । जेष्ठ नागरिकलाई दन्त उपहार, अपाङ्गता रोकथाम कार्यक्रम र राधाकृष्ण रथयात्रामा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने परम्पराको थालनी पनि उनकै पालामा भएको उनले दाबी गरेका छन् ।

आगामी योजनामा घिमिरेले कृषि, स्वास्थ्य र पूर्वाधारलाई विशेष जोड दिएका छन् । कटहरी, ग्रामथान र बेलबारीलाई तरकारी पकेट क्षेत्र बनाउने, झोराहाटमा कोल्ड स्टोर निर्माण गर्ने र तमोर–चिसाङ डाइभर्सन परियोजना अघि बढाउने उनको योजना छ । यस्तै, बेलबारी, ग्रामथान र कटहरीमा १०० बेडको अस्पताल स्थापना गर्ने, कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा चलाउने र स्वास्थ्य बिमा सुविधालाई पुनः १ लाख रुपैयाँ कायम गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

पूर्वाधारतर्फ विराटनगर रिङरोडको बाँकी काम पुरा गर्ने, कटहरीमा रेलवे स्टेसन निर्माण गरी रेल सेवा सञ्चालन गर्ने र सुकुम्बासी समस्या समाधानका लागि जग्गा धनीपुर्जा वितरण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् । भ्रष्टाचार नियन्त्रण, विराटनगरमा आइटी हबको निर्माण र विभिन्न खोलाहरूमा तटबन्धको व्यवस्था गर्ने जस्ता योजनासहित घिमिरेले आफूलाई विकासप्रेमी उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्