विद्यार्थीहरुमा भएको कला प्रदर्शन गर्दै विराटनगरको बुढानिलकण्ठ स्कुलमा दुई दिने ‘फन फेष्टा

<span class='c1'>विद्यार्थीहरुमा भएको कला प्रदर्शन गर्दै विराटनगरको बुढानिलकण्ठ</span> <span class='c2'>स्कुलमा  दुई दिने ‘फन फेष्टा</span>

विराटनगर । विराटनगर–२ मा रहेको बुढानिलकण्ठ स्कुलमा आजदेखि दुई दिने ‘फन फेस्टा’ सुरु भएको छ। विद्यार्थीहरूको आन्तरिक प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यो मेला भोली शनिबार सम्पन्न हुनेछ ।

स्कुल परिसरमा आयोजित फेस्टामा विद्यार्थीहरूले आफैँ तयार पारेका विभिन्न हस्तकलाका सामग्री, विज्ञान प्रदर्शनी र खाद्य स्टलहरू राखिएका छन्। यसका साथै फेस पेन्टिङ र पाँचवटा फरक फरक ‘गेम जोन’ हरू मेलाका मुख्य आकर्षण रहेका छन्। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरी सहभागी अभिभावक तथा अतिथिहरूलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए।


कार्यक्रमका बारेमा जानकारी दिँदै स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गराउन मेला आयोजना गरिएको बताए । ‘विद्यार्थीहरूले आफैँ मेहनत गरेर स्टलहरू तयार पारेका छन,’ प्रिन्सिपल भट्टराईले भने, ‘पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अगाडि बढाउन यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने हाम्रो विश्वास छ। मेलामा एक दर्जनभन्दा बढी स्टलहरू रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अनिवार्य रहेको बताए । उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन यस्ता प्रदर्शनी प्रभावकारी हुनेमा जोड दिए ।

कुल १ हजार ५ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा फेस्टाको पहिलो दिन नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थी र उनीहरूका अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। मेलाको दोस्रो दिन भोली शनिबार कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू सहभागी हुने विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्