जुटमिल खेल मैदानमा सुरु भयो चौथो मिल्श भेट्रान्स गोल्डकप,उद्घाटन खेलमा आयोजक विजयी

<span class='c1'>जुटमिल खेल मैदानमा सुरु भयो चौथो</span> <span class='c2'>मिल्श भेट्रान्स गोल्डकप,उद्घाटन खेलमा आयोजक विजयी</span>

विराटनगर । कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगिता शनिबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगर १६ स्थित जुटमिल खेलमैदानमा सुरु भएको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लबले विजयी सुरुवात गरेको छ ।


आयोजक मिल्स भेट्रान्सले विराट भेट्रान्स क्लब, विराटनगरलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको २५ औं मिनेटमा विराट भेट्रान्सका खेलाडी दीपककुमार भण्डारीले आत्मघाती गोल गरेका थिए। डि– बक्स भित्रबाट आफ्नै गोलकिपरलाई पास दिन खोज्दा बलले जाली चुमेपछि त्यही गोल नै निर्णायक बन्न पुग्यो। उद्घाटन खेलको ‘प्लेयर अफ द म्याच’ आयोजक टोलीका सूर्यबहादुर श्रेष्ठ घोषित भए।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष उद्धव भुजेलले गरेका थिए। मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् ।


प्रतियोगिता अन्तर्गत आइतबार दुईवटा खेलहरू सञ्चालन हुनेछन् । पहिलो खेल युनाइटेड भेट्रान्स क्लब विराटनगर र पथरी शनिश्चरे भेट्रान्स क्लबबीच हुनेछ भने दोस्रो खेल हाम्रो इटहरी भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्लब धरानबीच हुने आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्