विराटनगरमा रातको समयमा गाँजा बोकेको गाडी खाल्डोमा, चालक फरार

<span class='c1'>विराटनगरमा रातको समयमा गाँजा बोकेको</span> <span class='c2'>गाडी खाल्डोमा, चालक फरार</span>

विराटनगर । मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार भएका छन् ।


गएराती राती १० बजेको समयमा विराटनगर ५ गणेस चौकमा रोकिराखेको गाडीलाई बा.८ च ६५०८ नम्बरको स्कर्पियोले ठक्कर दिएको थियो । स्थानिय पुलचोक निवासी स्याम नारायण यादवको गाडीलाई ठक्कर दिएर फरार भएको गाडीलाई स्थानियले पिछागर्दै जाँदा पुलचौकमा पुगेर गाडी अनियन्त्रित भएको थियो । तत्काल त्यसबेला स्थानियले नजिकै रहेको बरगाछी सिआरभीलाई बोलाए । त्यसबेला सम्म स्थानियवासीले गाडी घेराउ गर्दै आक्रोस पोख्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरीको थप टोली पुगेर गाडी भित्र हेर्दा कालो प्लाष्टिकमा गाँजा भएको भेटियो । त्यसबेला सम्म गाडीका चालक फरार भईसकेका थिए । यता प्रहरीले उक्त गाँजाको परिमाण हेर्दा ४ सय २० केजी भएको पृष्टी भयो । प्रहरीले राती नै खाल्डोमा फसेको गाडीलाई क्रेन लगाएर निकालेको थियो । हाल गाँजा बोकेको गाडी र गाँजा भने मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै जहदा गाउँपालिका १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्