मोरङमा ११० जना उम्मेदवारमध्ये ६२ जनाले सिफारिस लिए ३० जनाले बैंक खाता खोले

<span class='c1'>मोरङमा ११० जना उम्मेदवारमध्ये ६२ जनाले सिफारिस</span> <span class='c2'>लिए ३० जनाले बैंक खाता खोले</span>

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि मोरङका ६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ११० मध्ये ३० जनाले मात्रै खाता खोलेका छन् । हालसम्म ६२ जनाले खाता सञ्चालनका लागि सिफारिस भने लिएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका तोमनाथ उप्रेतका अनुसार राजनीतिक तथा स्वतन्त्र गरी सिफारिस लिएकामध्ये ३० जनाको विवरण प्राप्त भएको हो ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्