मोरङमा विराटनगर जोडिएको ५ नम्बर निर्वाचन क्षेत्र अति संवेदनशील

<span class='c1'>मोरङमा विराटनगर जोडिएको ५ नम्बर</span> <span class='c2'>निर्वाचन क्षेत्र अति संवेदनशील</span>

विराटनगर । मोरङमा निर्वाचनका लागि अति संवेदनशील क्षेत्रको रुपमा ५ नम्बर क्षेत्र छ । विराटनगर महानगरपालिका भित्रका १३ देखि १८ नम्बर वडा, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका र रंगेली नगरपालिकाको ४ देखि ७ नम्बर वडासम्म समेटिएको छ ।

क्षेत्र नम्बर ५ मा ४४ मतदान स्थल तोकिएका छन् । जध्ये २५ मतदानस्थल अति संवेदनशीलमा सूचिकृत रहेका छन् । संवेदनशील मतदानस्थल १९ छन् । यो निर्वाचन क्षेत्रमा सामान्य मतदानस्थल नै छैनन् । जबकी जिल्लामा ४७ मतदानस्थललाई सुरक्षा जोखिमको हिसाबले अतिसंवेदनशील मानिएको छ । त्यसमध्ये आधा भन्दा धेरै अति संवेदनशील मतदानस्थल क्षेत्र नम्बर ५ भित्र परेका छन् ।

क्षेत्रगत रुपमा हेर्दा ३ नम्बर र ४ नम्बर क्षेत्रमा अति संवेदनशील मतदानस्थल छैनन् । यीमध्ये ३ नम्बर क्षेत्रमा २८ संवेदनशील र २७ सामान्य अनि ४ नम्बर क्षेत्रमा १७ संवेदनशील र २३ सामान्य मतस्थल रहेका छन् ।

क्षेत्र नम्बर १ मा १० मतदानस्थल अतिसंवेदनशील ४६ संवेदनशील र ४ सामान्यमा सूचिकृत छन् । क्षेत्र नम्बर २ मा ११ अतिसंवेदनशील ११ संवेदनशील र ४६ सामान्य रहेका छन् । क्षेत्र नम्बर ६ मा १ अतिसंवेदनशील ४ संवेदनशील र ३४ सामान्य मतदानस्थलको रुपमा सूचिकृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्