विराटनगर । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाह विराटनगरमा चार घण्टा बिताएर काठमाण्डौं उडेका छन् । मंगलबार ११ बजको बुद्ध एयरको उडानबाट विराटनगर–काठमाण्डौं जाने कार्यक्रम थियो ।
तर, उडान ढिला भएपनि उनी विमानस्थल नजिकैको पर्पलहेज होटलमा दिउँसो ३ बजेसम्म पर्खिएर बसे । झापाबाट विराटनगर आउने बारे पनि कसैलाई जानकारी दिइएको थिएन । उडान ढिलाई भएपछि उनले अन्य भेटघाटलाई पनि प्राथमिकता दिएनन् ।
विमानस्थलका सुरक्षा अधिकारीका अनुसार बालेनसहित पाँचजना ३ बजेको उडानबाट काठमाण्डौं फर्किएका हुन् । विराटनगरमा रास्वपा कार्यकर्ताले पनि उनी आउने कुरा थाहा पाएनन् । तर, विमानस्थलमा भने उनीसँग केहि शुभेच्छुक तथा समर्थकले तस्वीर खिचाउन भ्याएका थिए । बिहान करिब ११ बुद्ध एयरबाट काठमाडौं जान नसक्ने भएको थियो ।