गोर्खा ब्रुअरीको उत्पादन विराटनगरमा बिक्री बन्द, आन्दोलन कोशीमा विस्तार घोषणा

<span class='c1'>गोर्खा ब्रुअरीको उत्पादन विराटनगरमा बिक्री</span> <span class='c2'>बन्द, आन्दोलन कोशीमा विस्तार घोषणा</span>

विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेलगतै यो आन्दोलन कोशी प्रदेशभर विस्तार गर्ने घोषणा गरिएको छ । आन्दोलनमा मदिराका होलसेल व्यवसायीलाई मदिराको कोशी वितरक महासंघले समेत सहयोग गर्दै ऐक्यवद्धता जाहेर गरेको छ ।
विराटनगरमा बुधबार मदिरा व्यवसायी संघ मोरङले होलि मिलन कार्यक्रमको सन्दर्भ पारेर आयोजना गरेको भेलामा कोशी मदिरा व्यवसायी महासंघका अध्यक्ष नबिन तामाङले प्रदेशभर आन्दोलन विस्तार गर्ने घोषणा गर्नुभयो । मदिरा वितरक महासंघ कोशीका उपाध्यक्ष माधवराज निरौलाले मदिरा व्यवसायी संघको आन्दोलनलाई समर्थन गर्दै गोर्खा ब्रुअरीका उत्पादनको डिलरले गर्ने वितरण रोक्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

व्यवसायीले गोर्खा ब्रुअरीका कुनैपनि उत्पादन बिक्री गर्नका लागि शर्तहरु कडा राखेका छन् । शर्तमा होलसेलरलाई ५ प्रतिशत कमिसन नदिदाँसम्म उत्पादनहरु बिक्री हुने छैनन्, मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष ताराबहादुर बानिँयाले भेलालाई सम्बोधन गर्दै भन्नुभयो–त्यस बाहेक अन्य कडा कदम चालिनेछ । आन्दोलन सुरु भएपछि कुनैपनि सदस्य व्यवसायीले गोर्खा ब्रुअरीका उत्पादनको बिक्री गरेमा २१ हजार जरिवाना गर्ने घोषणा गरिएको छ । त्यस बाहेक एक महिनासम्म मदिरा वितरक संघ कोशीले वितरण गर्ने अन्य ब्राण्ड रोक्नेछ । यसपछि व्यवसाय सञ्चालन गर्नका लागि संघका सदस्यले ५१ हजार रुपिँया समेत बुझाउनुपर्ने शर्त रहेको अध्यक्ष बाँनियाले बताउनुभयो ।

मोरङ मदिरा व्यवसायी संघले थालेको आन्दोलनलाई सुनसरीको इटहरी र धरानले समेत तत्कालै कार्यन्वयनमा ल्याउने घोषणा गरेका छन् । सुनसरी मदिरा व्यवसायी संघका सल्लाहाकार चन्द्र श्रेष्ठले अब सबै व्यवसायीले एकमुख भएर आफ्नो मार्जिन खोज्ने बेला आएको बताउनुभयो ।
कोशी मदिरा महासंघका अध्यक्ष तामाङले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यवसायीले मार्जिनमै काम गर्नुपर्ने बताउँदै भन्नुभयो–‘मार्जिन नपाउँदा कम्पनीको भोल्युम बिक्री गर्नुपर्ने हामीलाई बाध्यता छैन’ त्यसैले अब कोशी सबै जिल्लामा क्रमशः आन्दोलन विस्तार हुँदैजानेछ । मार्जिनमा कुरा नमिल्दा फागुन ७ गते बिहीबारबाट गोर्खा ब्रुअरीका उत्पादन मोरङमा बिक्री रोकिनेछ । संघका मोरङ सचिव अशोक भण्डारीका अनुसार यो नियम कडाईपूर्वक कार्यन्वयन गर्नका लागि वितरक संघसँग समेत सहकार्य गरिएको हो ।

मदिरा वितरक महासंघ कोशीले होलसेल व्यवसायीसम्म पु¥याउने सबै मदिरामध्ये अब गोर्खा ब्रुअरी वितरण गर्न रोक्ने घोषणा समेत कार्यक्रममा उपाध्यक्ष निरौलाले गर्नु भएको थियो । मोरङका १७२ जना व्यवसायीको भेला बुधबार आयोजना गरेर संघको निर्णय कार्यन्वयनमा सहमति लिएको र त्यसलाई प्रदेश मदिरा व्यवसायी महासंघबाट समर्थन समेत मिलेको सचिव भण्डारीको भनाई छ ।
कम्पनीले स्किम पनि कटाउने र कमिसन पनि घटाउने कार्य गर्दा प्रतिकार्टुन बियर बिक्री गर्दा ४० रुपिँया मात्रै मुनाफा हुने गरेको बताइएकोे छ । कम्पनीको दर तीन हजार ९४० प्रतिकार्टुन बियर बिक्री गर्दा ४ हजार २७ रुपिँया प्रतिकार्टुन तोकिएको छ । व्यवसायीबीचको प्रतिस्पर्धा बढाउन कम्पनीले यस अगाडी एकसय कार्टुन बिक्री गर्दा १० कार्टुनको स्किम तोकेको थियो । त्यसबेला भने व्यवसायीले तीन हजार ९५० प्रतिकार्टुन समेत बियर बिक्री गरेर बजार बिगारेको आरोप–प्रत्यारोप समेत लाग्ने गरेको छ ।
गोर्खा ब्रुअरीका प्रिमियर ब्राण्डमा काल्सबर्ग, टुबोर्ग, गोर्खा, गोर्खा अनफिल्टर सानमिगल रहेका छन् । त्यस बाहेक एपेसाइडर रहेको छ । यी सबै उत्पादनको बिक्री रोक्ने निर्णयलाई देशव्यापी बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्