विराटनगर । मोरङको निर्वाचन क्षेत्र ५ का एमाले उमेदवार मनोज कुमार अग्रवालले विराटनगरमा पनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

अग्रवालले बिहीबारदेखी विराटनगरको दक्षिणक्षेत्र रानीबाट मतदाताहरुलाई आफ्नो पक्षमा बलियो बनाउन घरदैलो अभियानलाई तिव्रता दिएको उनको सचिवालले जानकारी दिएको छ ।

आगामी फागुन २१ गते हुन गहिरहेको प्रतिनिीधसभा निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । उनले विराटनगर रानी १७ वडादेखी थालेको घरदैलो अभियानलाई बिहीबार दिनभरी विराटनगर १३का स्थानियवासीहरुसँग भोट माग्न पुगेका थिए ।

उनको घरदैलो अभियानमा एमालेका विभिन्न जनवर्गीय संगठन, भातृसंगठनका पदाधिकारी तथा कार्यकर्ताहितको ठूलो उपस्थिति रहेको थियो ।