विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलकी २७ वर्षीया सविता मण्डल आफ्नै श्रीमानबाट निर्घात कुटपिटमा परेर गम्भीर घाइते भएकी छन् ।
पीडितकी बहिनी मधुकुमारी मण्डलका अनुसार गत बिहीबार रातको समयमा ३५ वर्षीय श्रीमान अमित मण्डलले सविताको मुखमा कपडा कोचेर कुटपिट गरेका हुन् । कुटपिटका कारण सविताको नाकको हड्डीमा गम्भीर चोट लागेको छ भने अहिले पनि नाकबाट रगत बगिरहेको आफन्तले बताएका छन् ।
पीडित पक्षका अनुसार कुटपिटमा श्रीमानसँगै जेठान सन्दीप मण्डल, देवर रवीशंकर मण्डल तथा सासु–ससुराको समेत संलग्नता रहेको आरोप छ। उनीहरूका अनुसार यसअघि पनि सवितामाथि पटक–पटक कुटपिट हुँदै आएको थियो।

घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् तर प्रहरीले घटनाप्रति खासै चासो नदिएको आरोप पीडितका आफन्तले लगाएका छन् । घटना भएको ४ दिनविति सक्दा पनि पिडक श्रीमान्लाई कानुनी दायरामा नल्याएको उनीहरुको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय मोरङले भने घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। कार्यालयका अनुसार दुवै पक्षलाई बोलाएर घटनाबारे छलफल गरी आवश्यक अनुसन्धान अगाडि बढाइने जानकारी दिइएको छ ।