सविता मण्डल कुटपिट प्रकरण : श्रीमतीको मुख थुनेर ज्यान लिने प्रयास गर्ने श्रीमान् पक्राउ

<span class='c1'>सविता मण्डल कुटपिट प्रकरण : श्रीमतीको मुख</span> <span class='c2'>थुनेर ज्यान लिने प्रयास गर्ने श्रीमान् पक्राउ</span>

प्रेम देवान

विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलमा २७ वर्षीया सविता मण्डलमाथि आफ्नै श्रीमान् र परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको घटनामा श्रीमान पक्राउ परेका छन् ।  श्रीमतीको मुखमा कपडा कोचेर मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको आरोपमा मोरङ प्रहरीले ३५ वर्षीय श्रीमान् अमित मण्डललाई नियन्त्रणमा लिएर कारबाहीको प्रकृया अगाडी बढाएको छ ।


गत बिहीबार राति अमित र उनका परिवार मिलेर सविताको मुखमा कपडा कोचेर क्रूरतापूर्वक कुटपिट गरेको भन्ने विषयमा आवर विराटनगरले भिडियो सहितको समाचार सप्रेषण गरेको थियो । घटना भएको ४ दिन वितिसक्दा पनि प्रहरीले आरोपितलाई समय मै पक्राउ गर्न ढिलाई भएको भन्दै पिडित आफन्तले गुनासो पनि गर्दै आएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी हरिनन्द चौधरीका अनुसार पिडित पक्षले दिएको किटानी उजुरी पछि मुद्धा दर्ता भईसकेकोे छ । सोही उजुरीका आधारमा प्रहरीले आइतबार अमित मण्डललाई पक्राउ गरेको हो । प्रवक्ता डीएसपी चौधरीले घटनाको पुष्टि गर्दै पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको र अन्य संलग्नहरूको खोजी भइरहेको जानकारी दिए।
कुटपिटका कारण सविताको नाकको हड्डीमा गम्भीर चोट लागेको छ भने उपचारपछि पनि उनको नाक र कानबाट रगत बग्ने समस्या नरोकिएको आफन्तले बताएका छन् ।


यो घटनामा श्रीमान् अमित मात्र नभई परिवारका अन्य सदस्यहरूको समेत सक्रिय संलग्नता रहेको खुलेको छ । पीडितकी बहिनी मधुकुमारी मण्डलका अनुसार जेठाजु सन्दीप मण्डल, देवर रवीशंकर मण्डल र सासू–ससुरा मिलेर सवितामाथि सामूहिक आक्रमण गरेका थिए। जहदा–६, ढेकीटोल माइती भएकी सविताका ५ र २ वर्षका दुई साना छोरीहरू छन् । घरमा सुरक्षा नभएपछि उनी अहिले छोरीहरूसहित माइतीको शरणमा पुगेकी छिन्। । कोशी अस्पतालमा प्राथमिक उपचार गराए पनि उनको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ । पिडित सविताका भन्छिन्, ‘‘थप उपचार गर्नुपर्ने चिकित्कले भनिरहेका छन्, आफुसँग उपचार गर्ने रकम नभएपछि समस्या भईरहेको छ ।’’

उनले भनिन् उपचारमा सहयोग गरिदिन पनि सहयोगि हातहरुलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्