विराटनगरको एबिसी स्कुलमा मतदान प्रक्रिया सिक्दै विद्यार्थी

<span class='c1'>विराटनगरको एबिसी स्कुलमा मतदान</span> <span class='c2'>प्रक्रिया सिक्दै विद्यार्थी</span>

विराटनगर फाल्गुन १२ ,

विराटनगर–५ सम्झना चोकस्थित एबिसी स्कुलले आफ्ना बालबालिकालाई नमुना निर्वाचन कार्यक्रममार्फत मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी आधारभूत जानकारी दिएको छ।

विद्यालयले कक्षाकोठामा सीमित सैद्धान्तिक पढाइभन्दा फरक ढंगले व्यवहारिक अभ्यास गराउँदै बालबालिकालाई निर्वाचन कसरी सञ्चालन हुन्छ, मत कसरी हालिन्छ र मतगणना कसरी गरिन्छ भन्नेबारे प्रत्यक्ष अनुभव गराएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई उम्मेदवार चयन, प्रचारप्रसार, गोप्य मतदान र मतपरिणाम घोषणा जस्ता प्रक्रियामा सहभागी गराइएको थियो।

स्कुलका अध्यक्ष विवेक दाहालका अनुसार बालबालिकालाई सानै उमेरदेखि लोकतान्त्रिक अभ्यासबारे जानकारी गराउने उद्देश्यले रमाइलो वातावरणमा नमुना निर्वाचन आयोजना गरिएको हो। “पुस्तकमा मात्र सीमित नभई व्यवहारमै सिकाउँदा बालबालिकाले छिटो बुझ्छन् र दीर्घकालीन प्रभाव पर्छ,” उनले बताए।

उक्त विद्यालयले बालबालिकालाई व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको जनाएको छ। नमुना निर्वाचन कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कारको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्