विराटनगर फाल्गुन १२ ,
मोरङ निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइराला ले मंगलबार आफ्ना आठ बुँदे अठोटपत्र सार्वजनिक गरेका छन्।
उनको अठोटपत्रका प्रमुख बुँदाहरूमा बलियो लोकतन्त्र, औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना, बाढी–डुबान नियन्त्रण, जलवायुमैत्री कृषि, शिक्षा सुधार, स्वास्थ्यमा सहज पहुँच, प्रविधि/डिजिटल सेवा, र सुशासन/सामाजिक सुरक्षा समावेश छन्।
डा. कोइरालाले प्रतिवद्धता व्यक्त गर्दै भने, “लोकतन्त्र सुरक्षित भए मात्र विकास दिगो हुन्छ, रोजगारीका लागि विदेश होइन आफ्नै क्षेत्र, सिप भएका युवा बेरोजगार हुँदैन।”
अठोटपत्रमार्फत उनले मोरङ–६ का नागरिकलाई सुरक्षित, समृद्ध र दिगो भविष्य दिने लक्ष्य प्रस्तुत गरेका छन्।