मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेको घरदैलो अभियान सम्पन्न

<span class='c1'>मोरङ–४ मा एमाले उम्मेदवार जीवन</span> <span class='c2'>घिमिरेको घरदैलो अभियान सम्पन्न</span>

विराटनगर । मोरङ–४ नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले आफ्नो घरदैलो अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावी अभियानका क्रममा व्यापक जनसहभागिता र उत्साहजनक समर्थन प्राप्त भएको उल्लेख गरेका हुन्।

घिमिरेका अनुसार २३ वटै वडामा पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। अभियानका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्या, गुनासा तथा सुझाव संकलन गरिएको उनले जानकारी दिए। अभियानलाई प्रभावकारी बनाउन वडा कमिटी तथा विभिन्न परिचालन समितिहरू सक्रिय रूपमा परिचालित भएको पनि उनले स्पष्ट पारे।

वडा स्तरीय परिचालन समिति, क्षेत्रीय समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरमार्फत कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। समितिहरूले निरन्तर बैठक तथा भेलामार्फत करिब ३ हजार सक्रिय कार्यकर्तालाई परिचालन गर्दै अभियानलाई तीव्रता दिएका छन्।

घरदैलोका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा पुगिएको दाबी गर्दै घिमिरेले मतदाताबाट प्राप्त विश्वास र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताए। उनले जनताको भरोसाले चुनावी विजयको आधार तयार भएको दाबी गरे।

दोस्रो चरणको अभियानलाई अझ सूक्ष्म र अन्तरक्रियात्मक बनाइने जनाउँदै उनले प्रत्येक टोल तथा समूहमा केन्द्रित भेला, स्थानीय आवश्यकता र विकास योजनामाथि छलफल तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

अभियान सफल बनाउन सहयोग गर्ने वडा कमिटी, परिचालन समिति तथा सम्पूर्ण मतदाता, युवा र समर्थकप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्