प्रेम देवान
विराटनगर । आगामी फागुन २१ गते हुन गहिरहेको प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि मोरङमा सबै मततादाहरु आफ्नो मत अधिकार प्रयोग गर्न ढुक्क र आशावादी छन् । आवर विराटनगरले विभिन्न ठाँउहरुमा गरेको स्थलगत रिर्पोटिङ्गका क्रममा अधिकास मतदाताहरुले यो निर्वाचनलाई सफल बनाउन आफुहरु पनि लागि परेको बताएछन् ।

यो निर्वाचन भनेको ऐतिहासि भएकाले यो निवार्चनलाई निष्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गर्न सरकारसँगै सबै दलहरुको पनि ठुलो भुमिका रहेको बताएका छन् । सरकारले चुनावको तयारी गरेको देख्दा म पुर्ण रुपमा चुनाव हुन्छ भन्नेमा ढुक्क छु ,विराटनगर ४ का निर्मलप्रसाद दाहालले भने, पुराना दलहरुले पनि निष्पक्ष भयरहित र शान्त वाताबरणमा चुनाव सम्पन्न गराउन लाग्नुपर्छ अनि मात्र देशले निकास पाउछ ।

त्यस्तै विराटनगर ७ का कुमारप्रसाद घिमिरेले भने, फागुन २१ लाई सफल पारेर देशको निकासा गराउनुपर्छ । देशविदेशीहरुको पनि चलखेल भईरेको हुदाँ यसको लागि सबै सचेत भएर लाग्नुपर्ने समेत उनले आफ्ना धारणा राखे ।
यो निवार्चन भएन भने देश ठुलो दुर्घटनामा जान सक्ने भएका कारण पनि सबैले यसलाई सफल बनाएर थाई सरकार निर्माण गरी देशमा शान्ति सुरक्षा र अमनचयनको आभाष दिलाउनुपर्छ ।

मोरङमा यसपटक ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् । मोरङका ६ वटा निवार्चन क्षेत्रमा ८८८ वटा निर्वाचन केन्द्र र ३०६ वटा मतदान स्थल रहेको छ । जहाँ जिल्ला प्रशासन कार्यलय मोरङले सुरक्षाको सम्पुर्ण योजनाहरु व्यावस्थित गरिसकेको जनाएको छ ।
मोरङका सहायक प्रमुख जिल्ल्ला अधिकारी तथा आचार संहिता अनुगमन अधिकृत सरोज कोईरालाका अनुसार निर्वाचनमा हरेक मतदाताले सुरक्षित र भयरहित तरिकाले भोट हाल्ने बाताबरण बनाईसकेको बताउनुभयो । सबै मतदातालाई सुरक्षाको प्रत्याभुति दिलाउने छौँ सबै मतदाताहरु ढुक्क भएर मतदान गर्न जानुहोला ।

यसपटको निर्वाचनमा आचार संहितमा विगतको भन्दा थोरै नियन्त्रित रहेकाले उम्मेदवारहरुले आचार सहिताको पालना गरेको पाइएको पनि उहाँले बताउनुभयो । यसपटकको निर्वाचनमा जनतामा उल्लास देखिएको छ उहाँले भन्नुभयो । निर्वाचनमा कुनैपनि प्रकारको हल्लाको पछाडी नलागी निर्वाचनमा ढुक्क भएर मतदान गर्नुहोस् त्यसको जिम्मा मोरङ प्रसाशनले लिन्छ ।

प्रसाशनले विभिन्न स्थानहरुमा सुरक्षाकर्मीहरु परिचलान गरिसकेको छ । मोरङमा नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी , निर्वाचन प्रहरी गरि झन्डै ८देखी १० हजार सम्म सुरक्षाकर्मी परिचलन गरेको जनाएको छ । यसलाई समाचारको रुपमा बनाईदिनुहोस