विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार बिनोद ढकालको नेतृत्वमा मोटरसाइकल र्याली तथा सभा फागुन १८ गते विराटनगरमा आयोजना हुने भएको छ। यो कार्यक्रम उम्मेदवार ढकालले आफ्ना मतदाता र स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरेका हुन्।
कार्यक्रममा विशेष अतिथिको रूपमा एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराई पनि उपस्थित रहनेछन्। र्याली र सभा विराटनगर महानगरपालिकाको अगाडि बेलुकी ४ बजेबाट सुरु हुनेछ।
उक्त कार्यक्रममा उम्मेदवार ढकालले आफ्नो निर्वाचन क्षेत्रका विकास योजना, समसामयिक मुद्दा र आगामी चुनौतीबारे मतदातालाई जानकारी दिने कार्यक्रम रहेको छ। साथै, सहभागिहरूलाई पार्टीको उम्मेदवारप्रति समर्थन जुटाउन र आगामी निर्वाचनमा उत्साहसाथ मतदानका लागि प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।