विराटनगरमा क्लोभ आईटीको जुनियर कोडफेस्ट सम्पन्न

<span class='c1'>विराटनगरमा क्लोभ आईटीको</span> <span class='c2'>जुनियर कोडफेस्ट सम्पन्न</span>

विराटनगर । क्लोभ आईटीद्वारा आयोजित एक दिने ‘जुनियर कोडफेस्ट’ कार्यक्रम शनिबार विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकामा सूचना प्रविधि (आईटी) तथा प्राविधिक ज्ञानप्रति रुचि बढाउने र व्यवहारिक सिकाइमार्फत व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम म्यानेजर नरेन्द्र कर्णका अनुसार विराटनगरमा पहिलो पटक क्लोभ आईटीले यस प्रकारको जुनियर कोडफेस्ट आयोजना गरेको हो। डिजिटल युगमा बालबालिकाको आईटी क्षेत्रमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सानैदेखि व्यवहारिक अभ्यास गराउँदा भविष्यमा उनीहरूलाई प्रविधि क्षेत्रमा दक्ष बनाउन सहज हुने विश्वासका साथ कार्यक्रम गरिएको उनले बताए।

कोडफेस्टमा विराटनगरका विभिन्न ७ वटा विद्यालयका १७ समूहबाट कुल ५१ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रत्येक समूहमा तीन जना विद्यार्थी समावेश गरिएको थियो। सहभागी विद्यार्थीहरूले घरमै तयार पारेका विभिन्न प्रविधिमूलक प्रोजेक्ट कार्यक्रमस्थलमा प्रस्तुत गरेका थिए। निर्णयायक मण्डलले समूहहरूको प्रस्तुति र सिर्जनात्मकताका आधारमा मूल्यांकन गरेको थियो।

प्रतियोगिताअन्तर्गत ब्लक बेस्ड कोडिङ (कक्षा ३–५) तर्फ हेरिटेज इन्टरनेशनल स्कुल प्रथम भएको छ। एप डेभलपमेन्ट (कक्षा ६–७) तर्फ मदर टेरेसा विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने आईओटी तथा रोबोटिक्स (कक्षा ८–१०) तर्फ ग्रेडेड इंग्लिस मिडियम सेकेण्डरी स्कुल प्रथम भएको छ।

प्रथम हुने समूहलाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। अन्य सहभागी विद्यार्थीहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मेरो कोडिङ क्लासका सिईओ सविन कार्की रहेका थिए। निर्णयायक मण्डलमा कमल प्रसाद साह, नवीन घिमिरे र निशेष विश्वास सहभागी रहेका थिए।

क्लोभ आईटी विराटनगरमा सञ्चालनमा रहेको एक शैक्षिक संस्था हो, जहाँ विद्यार्थीहरूलाई सहुलियत शुल्कमा आईटीसम्बन्धी पठनपाठन गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्