मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय, शेखर कोइरालालाई सघाउने

<span class='c1'>मोरङ–६ मा तीन जनाको उम्मेदवारी</span> <span class='c2'>निष्क्रिय, शेखर कोइरालालाई सघाउने</span>

काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा‍। शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् ।

उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा। कोइरालालाई सघाउने निर्णय गरेका हुन्।

यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी र जनता समाजवादी पार्टीका महमद जाविरले कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्