निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

<span class='c1'>निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका</span> <span class='c2'>१२० स्थानमा बम डिस्पोजल टोली तैनाथ</span>

विराटनगर । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।

यसैक्रममा विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो । सूचनापछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो ।

संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै शङ्कास्पद वस्तुलाई निष्क्रिय गरिएको पूर्वी पृतना हेडक्वार्टरकी जनसम्पर्क तथा सूचना अधिकृत सहसेनानी सुश्मा सुब्बाले जानकारी दिएकी छिन् ।

त्यसैगरी कोशी प्रदेशकै ताप्लेजुङ जिल्ला आठराई त्रिवेणी गाउँपालिका–३ पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडक खण्डमा बिहान कालो टेपले बेरिएको अर्को शङ्कास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको थियो ।

लगत्तै हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टिमसहितको फौज परिचालन गरिएको थियो । उक्त वस्तुलाई पनि सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ ।

दुवै स्थानमा फेला परेका शङ्कास्पद वस्तु समयमै निष्क्रिय गरिएकाले कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले स्पष्ट पारिएको छ ।

सेनाले निर्वाचन अवधिभर विशेष निगरानी र उच्च सतर्कता कायम राखिएको उल्लेख गर्दै कुनै पनि स्थानमा शङ्कास्पद वस्तु देखिए वा फेला परेमा नजिकैका सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन सर्वसाधारणमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्