निर्वाचन नागरिकका लागि उत्सव, देशमा लोकतन्त्रको जग

<span class='c1'>निर्वाचन नागरिकका लागि उत्सव,</span> <span class='c2'>देशमा लोकतन्त्रको जग</span>

लोकतन्त्रमा आवधिक निर्वाचन नागरिकका अधिकार सुनिश्चित गर्नका लागि हुन्छन् । नेपालमा लोकतन्त्रको विकास र अभ्यासको विश्लेषण विभिन्न कोणबाट हुन्छ । नेपालको लोकतान्त्रिक अभ्यासलाई विकसित मुलुकको लोकतान्त्रिक प्रणाली र अभ्याससँग तुलना गरिन्छ । यसको आफ्नो मौलिकपन पनि छ । विकसिम मुलुकबाट लोकतन्त्रको विकासक्रम अध्ययन गरेर नेपालको सन्दर्भमा प्रयोगमा ल्याउने आजसम्मका अभ्यास देखिन्छन् । नेपालमा लोकतन्त्रको विकासक्रमलाई हेर्दा राज्य र दलहरू लोकतान्त्रिक अभ्यासमा प्रखर देखिन्छन् । तर, उनीहरूको सिद्धान्त र कार्यशैली नियाल्दा लोकतन्त्रप्रति भ्रम सिर्जना गर्ने र यथार्थबाट मुक्त हुन सकिरहेको छैन । विगतदेखि वर्तमानसम्म आउँदा दलहरु लोकतन्त्रको प्रतिबद्धताबाट विमुख छन्, लोकतान्त्रिक प्रक्रियालाई छलछाम गर्नमै उद्यत देखिन्छन् ।

निर्वाचन नागरिकका लागि एउटा उत्सव हो, अनि देशका लागि लोकतन्त्रको जग बलियो बनाउने आधारशिला मानिन्छ । नेपालको सन्दर्भ यस पटकको निर्वाचन आवधिक लोकतान्त्रिक प्रक्रियामा भन्दा पनि जेनजीको विद्रोहबाट प्रतिनिधि सभा विघटनपश्चात् आवश्यकताका आधारमा हुन गइरहेको छ । आवधिक रूपमा भन्दा पनि आवश्यकताको सिद्धान्तमा हुन गइरहेको निर्वाचनले मुलतः लोकतन्त्रको जग बलियो बनाउन् अपेक्षा राखिएको छ । त्यसका लागि नागरिकको अभिमत लिनका लागि फागुन २१ गते बिहीबार निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई मतदान गर्ने अन्तिम तयारीमा छन् । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरिसकेको सन्दर्भमा नागरिकमा हार्दिकतासहितको मतदान उत्सुक्ता देखिएको छ । नेपालमा खासखास समयमा हुने खासखास निर्वाचनको आफ्नै विशेषता छ । २०१५ सालयताका निर्वाचनको परिणामलाई हेर्दा फरकफरक दृष्टान्त स्थापीत बनेका छन् । गणतन्त्रपछि २०६४ यताको निर्वाचनलाई हेर्दा पनि नागरिकले फरकफरक दललाई परीक्षणको रुपमा सरकारको नेतृत्वमा पु¥याउन चाहेका छन् । अहिले पनि गत भदौ २३ र २४ को जेनजी विद्रोहलाई आधार मानेर निर्वाचनको मतपरिणाम विश्लेषण गर्ने गरिन्छ । जेनजी विद्रोहको मर्म, नागरिक समाज र आमजनताको पहिलो प्राथमिकता भनेकै स्वच्छ र निष्पक्ष चुनाव हो । यद्यपी जेनजी विद्रोहको अन्तिम माग निर्वाचन मात्रै नभई संविधानमा संशोधन गरेर शासकीय स्वरुपको परिवर्तन पनि हो । तर, संविधान संशोधनका लागि संसदको भूमिका स्थापीत गर्नुपर्ने भएकोले पहिले निर्वाचन त्यसपछि बाँकी माग र मुद्दाका लागि संविधान संशोधन हुनसक्ने अनुमान गर्न सकिन्छ । निर्वाचन नै नागरिकको मत बुझ्ने सबैभन्दा उपयुक्त बाटो भएकोले निर्भयपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपालीको साझा दायित्व बन्नुपर्दछ ।

नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतदानमार्फत राज्यको नेतृत्व चयन गर्ने अवसरलाई सावधानीपूर्वक र सचेतपूर्वक विवेक प्रयोग गर्ने अपेक्षा राखौं । तर, निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभइ जनताको आवाज, चाहना र आकांक्षालाई शासन प्रणालीसम्म पुर्‍याउने सशक्त माध्यम हो भन्ने कुरालाई कसैले पनि नभुलौं । मत हाल्नु अगाडी मतदाताले सोच्नुपर्ने कुरा भनेको चुनेका प्रतिनिधिहरूले कानुन निर्माण गर्ने, नीति तय गर्ने र नागरिकको हक, हित तथा देशको समग्र समृद्धिका लागि काम गर्ने जिम्मेवारी निर्वाह गर्नसक्दछन् की सक्दैनन् भन्ने हुन् । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा निर्वाचनले समावेशिता, प्रतिनिधित्व र समानताको भावना बलियो बनाउने अवसरलाई बुझ्नु पर्दद्ध । निर्वाचन केवल औपचारिक प्रक्रिया मात्रै नभई राष्ट्र निर्माणको साझा अभियान नै हुनुपर्दछ । नागरिकले व्यक्ति, नीति र व्यवहारभन्दा भावना, जातीयता, क्षेत्रीयता र क्षणिक लाभलाई आधार मानेर गरेको मतदानले लोकतन्त्र र देशलाई नै नोक्सान गर्दछ । मतदानमा स्तन्त्र बनौं, लोकतन्त्रमा मत हाल्नु मात्र पर्याप्त हुँदैन, मतदानपछि पनि सक्रिय नागरिक बनौं । नेतृत्वलाई जिम्मेवार बनाउन बारम्बार प्रश्न गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्