मोरङमा ६ स्थानमा मतगणना

<span class='c1'>मोरङमा ६</span> <span class='c2'>स्थानमा मतगणना</span>

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचनको सबै तयारीसँगै निर्वाचनपछि मतगणनास्थल समेत तयारी अवस्थामा राखिएको छ ।

यस पटक सबै निर्वाचन क्षेत्रबाट गणना गरिने भएको छ । यसपटक निर्वाचनको परिणामलाई छिटो र व्यवस्थित बनाउन मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिएका छन् ।

विगतमा विराटनगर केन्द्रीत रहेका ४, ५ र ६ नम्बर क्षेत्रका एकै स्थानमा मतगणना हुने गर्दथ्यो । जसले गर्दा समय धेरै लाग्ने र व्यवस्थापनमा चुनौती देखिएको थियो । यसपटक विकेन्द्रीकृत ढंगले मतगणना गर्न लागिएको हो ।

निर्वाचन क्षेत्र नं १ उर्लाबारी नगरपालिकामा गणना गर्ने भएको छ । त्यसैगरी क्षेत्र नं २ मा सिजुवा, रतुवामाईस्थित निर्वाचन अधिकृतको कार्यालयमा, निर्वाचन क्षेत्र नं ३ मा बेलबारीमा, निर्वाचन क्षेत्र नं. ४ मा सोमबारे हटियास्थित जनता माविमा, निर्वाचन क्षेत्र नं. ५ को सुनसरी–मोरङ सिँचाइ आयोजना (कोशी प्रोजेक्ट) को कार्यालयमा र निर्वाचन क्षेत्र नं ६ को आदर्श माविमा गणना गरिने भएको छ ।
मतगणनालाई पारदर्शी र सुरक्षित बनाउन सबै ६ वटै केन्द्रमा भौतिक पूर्वाधारको काम सकिएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालले जानकारी दिएका छन् । उनका अनुसार मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । सुरक्षाका लागि तारजालीको घेराबार र चौबीसै घण्टा विद्युत आपूर्तिका लागि आवश्यक पूर्वाधार तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्