विराटनगर । मोरङको सुनवर्षी न.पा ६ मा रहेको पटियापाडा मा.बि को (ग) मतदान केन्द्रमा खटिएका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रको सहायक पाँचौ तहको कर्मचारी जिल्ला मोरङ रंगेली न.पा २ बस्ने बर्ष ३७ को रंजित सिवा मतदान अधिकृतसँग झगडा गरेपछि नियन्त्रणमा परेका हुन् ।
उनले मतदान अधिकृत तथा अन्य कर्मचारीहरुसंग झै-झगडा तथा गालीगलौज गरी निर्वाचन प्रकृयामा असहयोग समेत गरेकोले इ.प्र.का सिजुवा बाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई इ.प्र.का सिजुवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको मोरङ प्रहरीबाट जारी सुचनामा जनाइएको छ ।