विराटनगर। मोरङमा दिउँसो १२ बजेसम्म २० प्रतिशत बढी मतदान भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म शान्तिपूर्ण छ । प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार दिउँसो १२ः०० बजेसम्म मोरङमा कुल २०.१४ प्रतिशत मतदान भएको छ।
जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये १२ बजेसम्म १ लाख ५७ हजार ७ सय १५ जनाले मतदान गरिसकेका छन्। जसमा ८२ हजार १ सय १९ पुरुष र ७५ हजार ५ सय ९६ महिला रहेका छन्।
निर्वाचन क्षेत्रगत विवरण अनुसार, क्षेत्र नं. १ मा १८ हजार १ सय २६ मत (१४.१० प्रतिशत), क्षेत्र नं. २ मा २१ हजार ६ सय २६ मत (१६.७४ प्रतिशत), क्षेत्र नं. ३ मा ३० हजार ३ सय २२ मत (१९.१८ प्रतिशत), क्षेत्र नं. ४ मा २७ हजार ३ मत (२२.६४ प्रतिशत), क्षेत्र नं. ५ मा २३ हजार १ सय ८० मत (२१.०४ प्रतिशत) र क्षेत्र नं. ६ मा ३७ हजार ४ सय ५८ मत (२७.१८ प्रतिशत) खसेको छ ।