विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको छ ।
क्षेत्र नम्बर १ मा ४८.८५, २ मा ४४.६०, ३ मा ४२.८२, ४ मा ४२.२२, ५ मा ५०.९९ र ६ मा ४१.७४ प्रतिशत मतदान भएको छ ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ३ लाख ५० हजार ९ सय ३६ जनाले मतदान गरिसकेका छन् ।
