देशभर ६० प्रतिशत मतदान

<span class='c1'>देशभर ६० प्रतिशत</span> <span class='c2'> मतदान</span>

विराटनगर । निर्वाचन आयोगले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणका बारेमा जानकारी दिइएको छ । यद्यपी यो यकिन तथ्यांक भने हैन ।

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए । अहिले विवरण संकलन गर्ने कार्य भइरहेकोले यकिन तथ्यांक भने आयोगले सार्वजानिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्