मोरङ ६ मा रास्वपा उम्मेदवार रुबिना निरन्तर अगाडी, शेखरलाई माटोको चुनौती

<span class='c1'>मोरङ ६ मा रास्वपा उम्मेदवार रुबिना</span> <span class='c2'>निरन्तर अगाडी, शेखरलाई माटोको चुनौती</span>

विराटनगर । प्रतिनिधि सभा निर्वाचन मोरङ क्षेत्र नं ६ को पछिल्लो मतगणनाको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुविना आचार्यले मतान्तरलाई फराकिलो बनाएकी छिन् ।
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले यस अगाडी जितेको निर्वाचन क्षेत्रमा आचार्यले ९ हजार ५०४ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको १७ हजार ६३८ मतगणनाको विवरण सार्वजानिक गरेको हो । यो गणनामध्ये १६८ मत बदर भएको थियो । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार कोइरालाले २ हजार १२८ मत पाएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेल २ हजार २० मतका साथ तेस्रो स्थानमा रहेका छन्।

नेकपा (एमाले) का उम्मेदवार विनोद प्रसाद ढकाल भने २ हजार ७ मतका साथ चौथो स्थानमा छन्। उक्त क्षेत्रमा राप्रपाका सबिन निरौलाले ३६६ मत, नेकपाका ओपेन्द्रकुमार रायले २७८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्