मोरङ–६ मा पराजित भएपछि डा. शेखर कोइरालाको धन्यवाद सन्देश

<span class='c1'>मोरङ–६ मा पराजित भएपछि डा.</span> <span class='c2'>शेखर कोइरालाको धन्यवाद सन्देश</span>

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा पराजित भएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘रुख’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका कोइरालाले लोकतान्त्रिक निर्वाचन जय–पराजयभन्दा माथि संस्कार र संस्कृतिको विकास गर्ने पद्धति भएको बताएका छन्। नेपाली कांग्रेसले सधैं लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै आएको उनको भनाइ छ। उनले नेपाल राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा लोकतान्त्रिक पद्धतिबाट जनविश्वास जितेको सरकारले मात्र गर्न सक्ने उल्लेख गरेका छन्। साथै हालै सम्पन्न निर्वाचनबाट सक्षम र योग्य युवाहरू विजयी भएर संसदमा पुगेकोमा खुशी व्यक्त गरेका छन्। कोइरालाले मोरङ–६ बाट अत्यधिक मतसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। क्षेत्रको सेवा, सुधार र समृद्धिका लागि उनले गर्ने काममा आफ्नो साथ र समर्थन रहने पनि कोइरालाले बताएका छन्।

साथै निर्वाचनमा आफूलाई मत दिएर विश्वास गर्ने सम्पूर्ण मतदाताप्रति उनले आभार व्यक्त गरेका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने प्रशासन तथा सुरक्षा निकायलाई पनि उनले धन्यवाद दिएका छन्। कोइरालाले आफू लामो समयदेखि मोरङ–६ का जनतासँग जोडिएको उल्लेख गर्दै पराजयले त्यो सम्बन्धमा कुनै असर नपर्ने बताएका छन्। क्षेत्रसँगको आफ्नो प्रेम र सम्बन्ध निरन्तर रहने उनले विश्वास व्यक्त गरेका छन्।
उनले अन्त्यमा ‘जय नेपाल’ भन्दै आफ्नो सन्देश समाप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्