मोरङ–२ बाट रास्वपाका कृष्ण कुमार कार्की विजयी

<span class='c1'>मोरङ–२ बाट रास्वपाका कृष्ण</span> <span class='c2'>कुमार कार्की विजयी</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कुमार कार्की विजयी भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।

यस निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दिलीप कुमार अग्रवाल ले १५ हजार ६२४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मिनेन्द्र प्रसाद रिजाल ले १२ हजार ६६४ मत पाएका छन्। त्यस्तै जनमत पार्टीका उम्मेदवार घनश्याम चौधरी ले २७४ मत प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ भएको निर्वाचनमा ठूलो मतान्तरसहित विजय हासिल गर्दै कार्की मोरङ–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्