विराटनगर । मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थलबाट जहाज उडान र अवतरण हुन सकेको छैन । आइतबार बिहादैदेखि तुवाँलो बढेपछि जहाजहरु उडान र अवतरणमा समस्या भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानमा समस्या आएपछि त्यहाँ यात्रुहरु बिहानैदेखि अलपत्र बनेका छन् । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख सुवास झाले बिहानदेखि अहिलेसम्म जहाज उडान र अवतरण संभव हुने मौसम नभएको बताएका छन् ।