मोरङको बूढीगंगामा रहेको आरती स्ट्रिप्सका सिनियर म्यानेजर मृत फेला

<span class='c1'>मोरङको बूढीगंगामा रहेको आरती स्ट्रिप्सका</span> <span class='c2'>सिनियर म्यानेजर मृत फेला</span>

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स नामक उद्योगका सिनियर म्यानेजर सुतेकै ठाँउमा मृत अवस्थामा फेला परेका छन् ।

बूढीगंगा गाउँपालिका–१ स्थित उद्योगकै क्वाटरमा बस्दै आएका भारतको गाजियावाद घर भएका अन्दाजी ५५ वर्षीय राजीव शर्मा आइतबार बिहान ११ः१५ बजेतिर सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । अघिल्लो दिन बेलुका खाना खाएर सुतेका शर्मा भोलिपल्ट अबेरसम्म नउठेपछि साथीले कोठामा गएर हेर्दा घोप्टो परेर मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी पुग्दा सुतेकै ओछ्यानमा घोप्टो परेको अवस्थामा शर्मा मृत फेला परेका थिए । घटनाको प्रकृति हेर्दा कुनै पनि शंकास्पद नदेखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनको मृत्युको कारण पनि खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्