विराटनगरको बालसंसार स्कुलका बालबालिकाले देखाए आफ्नो प्रतिभा

<span class='c1'>विराटनगरको बालसंसार स्कुलका बालबालिकाले</span> <span class='c2'>देखाए आफ्नो प्रतिभा</span>

विराटनगर । विराटनगर ५ मा रहेको बालसंसार इङलिस बोर्डिङ स्कुलले ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।
विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आईतबार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीमा लुकेका प्रतिभा बलबालिकाहरुले आफ्ना अभिभावक सामु प्रदर्शन गर्ने मौका पाएका थिए ।


विद्यार्थीहरुले आफु भित्र लुकेका प्रतिभाहरुलाई एकल तथा सामुहिक रुपमा नृत्य, बाद्यबाधन, गायन तथा नाटकको माध्यमबाट आफ्ना कलाहरु प्रस्तुत गरेका थिए । साना नानीबाबुहरुले गरेको प्रतिभाहरु देखेर अभिभावकहरु उत्साहित र गर्व महशुस गरेका थिए । साथै कार्यक्रममा बालबालिकाका अभिभावकहरुलाई समेत रमाईलो खेलहरु खेलाइएको थियो । उत्कृष्ट हुने अभिभावकलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिकराम दाहालले बालबालिकालार्य कितावी ज्ञानमा मात्रै सिमित राख्नु नहुने बताए । उनले बालसंसारले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको बालबालिकाको प्रस्तुतीबाट देखिएको बताए । कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष श्रेष्ठ अर्जुन श्रेष्ठ, हिसान मोरङका सचिव भुवन नेपाल, स्टेशनरी व्यवसायी संघ मोरङ अध्यक्ष सुशील घिमिरे , स्कुलकी एकाडेमी इन्चार्ज मीरा राई लगायतले बोलेका थिए ।


विद्यालयका प्रिन्सिपल खड्गबहादुर राईले बालसंसारका विद्यार्थी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए । विद्यालयले अन्तरविद्यालय प्रतियोगितामा प्रतिष्पर्धी भएर विजेता बन्दै आएको उनले बताए । विद्यार्थीलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण लगायतका कामहरु विद्यालयले गर्दै आएको प्रिन्सीपल राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्