इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

<span class='c1'>इलाम १ मा कांग्रेसका</span> <span class='c2'>निश्कल राई विजयी</span>

इलाम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई हराउँदै राई निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार राईले १४ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६६२ मत ल्याए । तेस्रोमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याएका छन् । रास्वपाका विमल गदालले ९ हजार १६० मत ल्याएका छन् । राईको जितसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसको सीट संख्या १८ पुगेको छ । इलाम क्षेत्र नं १ मा २०५६ साल बाहेक अन्य निर्वाचनमा कांग्रेसले जित निकाल्न सकेको थिएनन् । ०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईले झलनाथ खनाललाई हराएका थिए । बामपन्थीको पकड क्षेत्र इलाम–१ मा हालसम्म खनाल र महेश बस्नेत बिजयी बन्दै आएका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति समेत हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हालेका उनी पूर्वक्षेत्रीय सहसचिवसमेत भइसकेका युवा नेता हुन् ।

शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनी स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । उनी अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्