ठुला र स्थापीत भनिएका पार्टीका नेता पछार्ने मोरङका महिला उम्मेदवार

<span class='c1'>ठुला र स्थापीत भनिएका पार्टीका</span> <span class='c2'>नेता पछार्ने मोरङका महिला उम्मेदवार</span>

स्वस्तिका भट्टराई
विराटनगर । सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका ११ जना महिलामध्ये दुईजना विजयी भएका छन् । विजयी हुने मध्ये दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका आशा झा र रुबिना आचार्य छन् । मोरङ क्षेत्र नम्बर ५ बाट आशा झा ले ३० हजार ४ सय ३४ मतसहित विजयी भएकी हुन् ।

मोरङ ६ मा रुबिना आचार्य ले ५५ हजार ५ सय १३ मतका साथ विजयी भईन । यी दुवै महिला उम्मेदवारले काँग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी र जनता समाजवादी पार्टीको आधार क्षेत्रलाई जीत हाँसिल गरेका हुन् । निर्वाचित मात्रै नभई यस पटक मोरङ क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा १७ हजार ५२२ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकटतम प्रतिद्वन्दी बनिन् । यहाँ रास्वपाका यज्ञमणी न्यौपाने विजयी बनेका थिए ।

यस पटकको निर्वाचनमा महिला उम्मेदवारी दिएका यी तीनजनामध्ये अन्यको प्रतिस्पर्धा अब्बल भने देखिएन । क्षेत्र नम्बर ४ मा २ जना , क्षेत्र नम्बर ५ मा ४ जना र क्षेत्र नम्बर ६ मा ३ जना छन् । २ र ३ नम्बर क्षेत्रमा महिलाले उम्मेदवारी दिएका थिएनन् । क्षेत्र नम्बर १ मा शान्ति पाख्रिन लामा, दुर्गाकुमारी तामाङ र दिलकुमारी लावती उम्मेवार रहेका थिए । यीमध्ये पाख्रिनले कडा टक्कर दिएकी थिइन् । त्यस क्षेत्रमा चर्चामा रहेका काँग्रेस–एमालेका उम्मेदवारलाई उनले पछि पारेकी थिइन् ।

जिल्लाभर १४ महिला उम्मेदवारमध्ये तीनजनाले भारी मत ल्याउँदा बाँकीले ३ सय मत समेत ल्याउन सकेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाट २ जना, मंगोल नेसनल अर्गनाईजेसन बाट २ जना त्यस्तै राष्ट्रिय परिवर्तन पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच, समावेशी समाजवादी पार्टी, राष्ट्र निर्माण दल नेपाल, नेपाल मजदुर किसान पार्टी, सार्वभौम नागरिक पार्टीका क्रमश ः १÷१ जना उम्मेद्वारहरु रहेका थिए । साथै मोरङ ५ मा एक स्वतन्त्र उम्मेदवार ममता यादव पनि रहेकी थिइन । उनले सबैभन्दा कम १३ मत प्राप्त गरेकी छिन । अरु उम्मेदवारहरुमा मोरङ ६ मा सार्वभौम नागरिक पार्टीकी प्रिती झा २ सय र मोरङ ४ मा राष्ट्र निर्माण दल नेपालबाट उम्मेदवार बनेकी कल्पना देवी यादव १ सय ७६ मत प्राप्त गर्दै सूचिको पाचौ र छैठौ नम्बरमा रहेका छन् ।

क्रमबद्ध रुपमा जाँदा मोरङ ६ मा मंगोल नेसनल अर्गनाईजेसनबाट उम्मेदवार बनेकी अनु मगरले ६२ मत प्राप्त गरिन भने मोरङ ४ बाट समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेकी नुमा लिम्बुले ५५ मत प्राप्त गरिन । यसैगरी मोरङ ५ मा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार गंगा कुमारी राजबंशीले २२ मत र मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार सकुन्तला श्रेष्ठले १७ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्