मोरङका यी उम्मेदवारले १० हजार बुझाएर उम्मेदवार बने, १०० मत पनि ल्याएनन्

<span class='c1'>मोरङका यी उम्मेदवारले १० हजार बुझाएर</span> <span class='c2'>उम्मेदवार बने, १०० मत पनि ल्याएनन्</span>

विराटनगर । प्रतिनिधीसभा सदस्य निर्वाचन फागुन २१ को लागि मोरङबाट उम्मेदवारी दर्ता गराएका ५० जना उम्मेदवारले १०० भोट पनि ल्याउन सकेनन् । यसपटक मोरङमा ठुला राजनीतिक दल तथा साना र स्वतन्त्र गरी ११० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए ।
ती मध्ये ५० जना उम्मेदवारले भने १ सय मत पनि कटाउन धौ धौ पर्यो । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार मोरङको क्षेत्र नम्बर ४ र ५ मा ११÷११ जना उम्मेदवारले १ सयभन्दा कम मत ल्याएका छन् ।

त्यसैगरी मोरङको क्षेत्र नम्बर २ र ३ मा ८ ÷८ उम्मेदवारी १ सय मत कटाउन सकेनन् । उता मोरङ क्षेत्र नम्बर १ का ७ जना उम्मेदवारले सय भोट कटाउन सकेनन् । मोरङ क्षेत्र नम्बर ६ मा ५ जनाले सय भोट कटाउन सकेनन् भने सबैभन्दा कम मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार जय नारायण शर्मा ३ ले र सुर्य नारायण ठाकुर ५ मत ल्याएका छन् । उनीहरुले जमानत पनि जफत भएको छ ।
उनीहरुले निर्वाचन कार्यलयलाई १० हजार रुपैया रकम धरौटी बुझाएका थिए । तर कुल बदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि स्वत उनीहरुको धरौटी वापतको रकम जफत हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्