अरनीको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

<span class='c1'>अरनीको कलेजमा दुई महिने</span> <span class='c2'>एआई तालिम सम्पन्न</span>

विराटनगर । विराटनगर १० मा रहेको अरनीको कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ ।


सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूलाई बिजनेस (व्यापार), शिक्षा र स्वास्थ्य गरी तीनवटा प्रमुख विधा (थिम) मा विभाजन गरेर प्रोजेक्ट वर्क गराइएको सयपत्री ग्रुपका डाइरेक्टर श्याम कृष्ण गुप्ताले जानकारी दिए ।


तालिममा सहभागी २२ वटा विद्यार्थी समूहमध्ये उत्कृष्ट ९ वटा समूह फाइनल चरणमा पुग्न सफल भएका छन् । सहभागी समूहहरूमा २ देखि ६ जनासम्म विद्यार्थीहरू रहेका थिए। हरेक विधाबाट एक–एक वटा विजेता समूह घोषणा गरिने र उनीहरूलाई २५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


तालिमको प्रशिक्षकमा अनिस दाहाल, श्याम कृष्ण गुप्ता र रबिन पौडेल रहेका थिए भने निर्णायकको भूमिका इन्जिनियर अभय कर्ण र इन्जिनियर विकास गुप्ताले निभाएका थिए। समापन कार्यक्रममा बोल्दै अरनीको कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधिमा पनि दक्ष बनाउन यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्