भर्ना समयावधी सकिए पनि क्याम्पसले गोप्य रुपमा भर्ना गरेको भन्दै विद्यार्थीले लगाए ताला

<span class='c1'>भर्ना समयावधी सकिए पनि क्याम्पसले गोप्य रुपमा</span> <span class='c2'>भर्ना गरेको भन्दै विद्यार्थीले लगाए ताला</span>

विराटनगर । भर्ना समयवधी सकिए पनि नियम विपरित भित्र भित्रै क्याम्पस प्रशासनले भर्ना लिएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विविए संकायको भर्ना समयवधी एक महिना अघि नै सकिएको थियो । तर क्याम्पस प्रशासनले भने नियम मिच्दै भित्रभित्रै विद्यार्थीहरुलाई भर्ना लिएको प्रमाण भेटिएपछि विद्यार्थी संगठनहरुले मंगलबारदेखी अनिस्चित कालको लागि ताला बन्दी गरेका छन् । सोही क्याम्पसमा अध्ययननरत विद्यार्थी तथा संगठनहरुले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनद्धारा तोकिएको भर्ना समयावधी समाप्त भएपछि पनि गोप्य तथा अनियमित तवरमा भर्ना गराएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

तर क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउदा पनि चासो नदिएपछि विद्यार्थीहरुले मंगलबार तालाबन्दी गरिएको विद्यार्थी नेता गौतम मण्डलले जानकारी दिए । गौतमका अनुसार क्याम्पस प्रशासनले तत्काल गल्ती सच्यानुपर्ने , विद्यार्थीहरुको छात्रवृति सुनिस्चित गरी वितरण गर्नुपर्ने , जस्ता उनीहरुले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्