विराटनगरको खारजीमा मोटरसाईकल दुर्घटनामा परि नेपाल प्रहरीका सईको मृत्यु

<span class='c1'>विराटनगरको खारजीमा मोटरसाईकल दुर्घटनामा परि</span> <span class='c2'>नेपाल प्रहरीका सईको मृत्यु</span>

विराटनगर । विराटनगर ४ स्थित खारजीमा आज बिहान मोटरसाईकल दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत ४० वर्र्षीय मीनबहादुर बोहोराको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ राजवंशी चोक उत्तर खारजीमा आज बिहान ७ः३५ बजेको समयमा स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बोहोराले कोशी प्रदेश प्रहरी कार्यालय भित्र क्यान्टिन चलाउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्